Trending
रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा     |     ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित     |     जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु     |     प्रहरीमा चार वटा विभाग एआईजीविहीन, ९ जना डीआईजीको प्रतिस्पर्धा     |     बौद्धको खुकुरी प्रहार घटनामा फरार भएका तीन जना पक्राउ     |     वीरेन्द्रनगरमा प्रदेशस्तरीय युवा मानवअधिकार रक्षक सम्मेलन सम्पन्न     |     जुम्ला जिल्ला समन्वय समिति परिसरमा सकेट बम फेला     |     पशु चौपायामा लम्पी स्किनको सङ्क्रमण बढ्दै     |     कोशी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |    
समाचार

वीरेन्द्रनगरमा प्रदेशस्तरीय युवा मानवअधिकार रक्षक सम्मेलन सम्पन्न

२२ भाद्र २०८२, आईतवार २१:१९

सुर्खेत।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पन्न दुई दिने प्रदेशस्तरीय युवा मानवअधिकार रक्षक सम्मेलन सम्पन्न भएको छ।

ग्रामीणमुखी युवा अभियान (रोयम) नेपाल र युवा मानवअधिकार रक्षक सञ्जालले संयुक्त आयोजना गरेको कार्यक्रममा एइआईएनले सहयोग र राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशले समन्वय गरेको थियो।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको सम्मेलनमा कर्णालीका सबै १० जिल्लाका युवाहरूको उल्लेखनीय सहभागिता रह्यो।

दुई दिनसम्म चलेको कार्यक्रममा दिगो विकास लक्ष्य, राज्यको दायित्व, मानवअधिकारको संरक्षण, सामाजिक न्याय, शान्ति र संस्थागत मजबुतीकरणबारे गहिरो छलफल भएको रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए।

सम्मेलनले आगामी तीन वर्षका लागि कार्ययोजना पनि सार्वजनिक गरेको छ। जसअनुसार, जिल्लास्तरमा कार्यशाला, नियमित प्रादेशिक कार्यशाला र प्रदेशस्तरीय संरचना गठन गर्ने निर्णय भएको छ।

रोयम नेपालका प्रदेश संयोजक सन्तोष विकका अनुसार, यस सम्मेलनले युवाहरूलाई अधिक संगठित र सक्षम बनाई मानवअधिकार प्रवर्द्धनमा कर्णालीमा सकारात्मक योगदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्