Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

वीरेन्द्रनगरमा प्रदेशस्तरीय युवा मानवअधिकार रक्षक सम्मेलन सम्पन्न

२२ भाद्र २०८२, आईतवार २१:१९

सुर्खेत।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पन्न दुई दिने प्रदेशस्तरीय युवा मानवअधिकार रक्षक सम्मेलन सम्पन्न भएको छ।

ग्रामीणमुखी युवा अभियान (रोयम) नेपाल र युवा मानवअधिकार रक्षक सञ्जालले संयुक्त आयोजना गरेको कार्यक्रममा एइआईएनले सहयोग र राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशले समन्वय गरेको थियो।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको सम्मेलनमा कर्णालीका सबै १० जिल्लाका युवाहरूको उल्लेखनीय सहभागिता रह्यो।

दुई दिनसम्म चलेको कार्यक्रममा दिगो विकास लक्ष्य, राज्यको दायित्व, मानवअधिकारको संरक्षण, सामाजिक न्याय, शान्ति र संस्थागत मजबुतीकरणबारे गहिरो छलफल भएको रोयम नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए।

सम्मेलनले आगामी तीन वर्षका लागि कार्ययोजना पनि सार्वजनिक गरेको छ। जसअनुसार, जिल्लास्तरमा कार्यशाला, नियमित प्रादेशिक कार्यशाला र प्रदेशस्तरीय संरचना गठन गर्ने निर्णय भएको छ।

रोयम नेपालका प्रदेश संयोजक सन्तोष विकका अनुसार, यस सम्मेलनले युवाहरूलाई अधिक संगठित र सक्षम बनाई मानवअधिकार प्रवर्द्धनमा कर्णालीमा सकारात्मक योगदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्