Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

बौद्धको खुकुरी प्रहार घटनामा फरार भएका तीन जना पक्राउ

२२ भाद्र २०८२, आईतवार २१:४५

काठमाडौं। काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बाहुनधारास्थित सडकमा एक व्यक्तिलाई खुकुरी प्रहार गरी फरार भएका तीन जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका-१ का २८ वर्षीय लोप्साङ बम्जन, नुवाकोट शिवपुरी गाउँपालिका-१ का २६ वर्षीय सुमन तामाङ र सोही ठाउँका ३० वर्षीय कुमार तामाङ रहेका छन्।

उनीहरूलाई कार्यालयको टोलीले भारत पुगेर ल्याएको बताइएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने उनीहरू कञ्चनपुर भीमदत्त नगरपालिका-१० गड्डा चौकीस्थित नेपाल-भारत सीमाबाट शनिबार पक्राउ परेका बताए।

बाहुनधारा सडकमा ४ साउन २०८२ मा गत १२ साउनको राति साढे ९ बजे काभ्रे रोशी गाउँपालिकाका जितबहादुर मोक्तानमाथि सामूहिक रूपमा खुकुरी प्रहार भएको थियो।

मोक्तानलाई सख्त घाइते बनाएर आक्रमणकारी फरार भएका थिए। पक्राउ परेकालाई अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्