Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

बौद्धको खुकुरी प्रहार घटनामा फरार भएका तीन जना पक्राउ

२२ भाद्र २०८२, आईतवार २१:४५

काठमाडौं। काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बाहुनधारास्थित सडकमा एक व्यक्तिलाई खुकुरी प्रहार गरी फरार भएका तीन जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका-१ का २८ वर्षीय लोप्साङ बम्जन, नुवाकोट शिवपुरी गाउँपालिका-१ का २६ वर्षीय सुमन तामाङ र सोही ठाउँका ३० वर्षीय कुमार तामाङ रहेका छन्।

उनीहरूलाई कार्यालयको टोलीले भारत पुगेर ल्याएको बताइएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने उनीहरू कञ्चनपुर भीमदत्त नगरपालिका-१० गड्डा चौकीस्थित नेपाल-भारत सीमाबाट शनिबार पक्राउ परेका बताए।

बाहुनधारा सडकमा ४ साउन २०८२ मा गत १२ साउनको राति साढे ९ बजे काभ्रे रोशी गाउँपालिकाका जितबहादुर मोक्तानमाथि सामूहिक रूपमा खुकुरी प्रहार भएको थियो।

मोक्तानलाई सख्त घाइते बनाएर आक्रमणकारी फरार भएका थिए। पक्राउ परेकालाई अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्