Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु

२२ भाद्र २०८२, आईतवार २२:३०

काठमाडौँ। नेपालको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे एक्सचेन्ज महोत्सव, ‘यामाहा ब्लु फेस्ट’, आज हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा भव्य उद्घाटन समारोहका साथ सुरु भएको छ।

उत्कृष्ट अफर, रोमाञ्चक अनुभवहरू, र यामाहा कम्पनीको शैली र प्रदर्शनको पहिचानसँगै, यस पर्वले सहरभरिका बाइक र स्कुटर प्रेमीहरूको उत्साह दोब्बर बनाउने वाचा गरेको छ।

भदौ २२ देखि भदौ २७ सम्म सञ्चालन हुने यामाहा ब्लु फेस्टमा बाइक र स्कुटरप्रेमीहरूले आफ्नो पुरानो सवारी साधनलाई नयाँ यामाहामा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउनेछन्। यस चाडपर्वको सिजनमा, यामाहा ब्लु फेस्ट सँग खुशीको यात्रामा निस्केर हत्तिसार (जय नेपाल सिनेमा हल) मा भदौ २२ देखि २७ सम्म उपस्थित भएर आफ्नो पुरानो बाइक वा स्कुटर नयाँ यामाहामा परिवर्तन गर्न सकिनेछ ।

कुनै पनि ब्राण्ड, कुनै पनि बाइक एक्सचेन्ज गर्ने, कुनै पनि यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार रुपैयाँ मूल्याङ्कन, अन्य ब्राण्डमा न्यूनतम २५ हजार रुपैयाँ मूल्याङ्कन (कर म्याद पुरा गर्नुपर्ने), एक्सचेन्जमा अतिरिक्त १० हजार बोनस, ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स, ग्यारेन्टर आवश्यक नभएको र नगद छुट १० लाख सम्म अविश्वसनीय एक्सचेन्ज र फाइनान्स अफरहरू उपलब्ध छन् ।

साथै, हरेक यामाहा खरिदमा निःशुल्क हेल्मेट र भाग्यशाली विजेताहरूका लागि “राइड द ब्लु विथ रोडिज” अनुभव जस्ता अन्य थप आकर्षणहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्