Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु

२२ भाद्र २०८२, आईतवार २२:३०

काठमाडौँ। नेपालको सबैभन्दा ठूलो दुई–पाङ्ग्रे एक्सचेन्ज महोत्सव, ‘यामाहा ब्लु फेस्ट’, आज हत्तिसारस्थित जय नेपाल सिनेमा हलमा भव्य उद्घाटन समारोहका साथ सुरु भएको छ।

उत्कृष्ट अफर, रोमाञ्चक अनुभवहरू, र यामाहा कम्पनीको शैली र प्रदर्शनको पहिचानसँगै, यस पर्वले सहरभरिका बाइक र स्कुटर प्रेमीहरूको उत्साह दोब्बर बनाउने वाचा गरेको छ।

भदौ २२ देखि भदौ २७ सम्म सञ्चालन हुने यामाहा ब्लु फेस्टमा बाइक र स्कुटरप्रेमीहरूले आफ्नो पुरानो सवारी साधनलाई नयाँ यामाहामा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउनेछन्। यस चाडपर्वको सिजनमा, यामाहा ब्लु फेस्ट सँग खुशीको यात्रामा निस्केर हत्तिसार (जय नेपाल सिनेमा हल) मा भदौ २२ देखि २७ सम्म उपस्थित भएर आफ्नो पुरानो बाइक वा स्कुटर नयाँ यामाहामा परिवर्तन गर्न सकिनेछ ।

कुनै पनि ब्राण्ड, कुनै पनि बाइक एक्सचेन्ज गर्ने, कुनै पनि यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार रुपैयाँ मूल्याङ्कन, अन्य ब्राण्डमा न्यूनतम २५ हजार रुपैयाँ मूल्याङ्कन (कर म्याद पुरा गर्नुपर्ने), एक्सचेन्जमा अतिरिक्त १० हजार बोनस, ७.९९ प्रतिशत ब्याजदरमा फाइनान्स, ग्यारेन्टर आवश्यक नभएको र नगद छुट १० लाख सम्म अविश्वसनीय एक्सचेन्ज र फाइनान्स अफरहरू उपलब्ध छन् ।

साथै, हरेक यामाहा खरिदमा निःशुल्क हेल्मेट र भाग्यशाली विजेताहरूका लागि “राइड द ब्लु विथ रोडिज” अनुभव जस्ता अन्य थप आकर्षणहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्