Trending
आज पनि सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेको छ कारोबार ?     |     ‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’     |     शीर्ष स्थानमा उक्लियाे पीएसजी     |     साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै     |     भारतसँगको खेल नखेल्ने पाकिस्तानको निर्णयप्रति आईसीसीको यस्तो प्रतिक्रिया     |     अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ     |     म्यान्चेस्टर युनाइटेडको लगातार तेस्रो जित     |     महिला टी २० विश्वकप छनोट प्रतियोगिता सम्पन्न     |     पाकिस्तानद्वारा अस्ट्रेलिया १११ रनले पराजित     |     भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |    
समाचार

रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा

२२ भाद्र २०८२, आईतवार २२:५२

काठमाडौँ । विश्वमै छिटो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीको नोट ७० मोडल नेपाली बजारमा उपलब्ध भएको छ। यस रियलमी नोट ७० मा ६ हजार ३०० मेगाहर्जको शक्तिशाली ब्याट्री रहेको छ। मिलिटरी–ग्रेडको मजबुती र स्मार्ट फिचरहरू रहेको यस रियलमी नोट ७० ले युवाहरूको मन जित्ने विश्वास गरिएको छ।

एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चलाउन सकिने सुविधा यसमा रहेको कम्पनीले जानकारी दिएको छ । यसमा १५ वाटको फास्ट चार्जिङ र ६ वाट रिभर्स चार्जिङ सुविधा पनि भएकोले डाउनटाइम कम रहेको छ।

टिकाउपनका लागि नोट ७० मा मिलिटरी–ग्रेड मजबुती र आर्मरशेल प्रोटेक्सन रहेकोले यो फोन एकदम मजबूत भएको कम्पनीले जानकारी दिएको छ। १.८ मिटरसम्म बाट खस्दा पनि फोन सुरक्षित रहने कम्पनीले जानकारी दिएको छ। यसमा सोनिक वेभ इजेक्सन टेक्नोलोजी र आइपि ५४ डस्ट एण्ड वाटर रेजिस्टेन्स पनि रहेको छ । जसले यसलाई आफ्नो वर्गको सबैभन्दा टिकाउ स्मार्टफोन बनाउँछ।

डिजाइनमा पनि आकर्षक रहेको यस रियलमी नोट ७० मा ७.९४ एमएमको अल्ट्रा–स्लिम बडी र २०१ ग्राम हलुका फ्रेम समावेश गरिएको छ, जसले शैली र टिकाउपनको सन्तुलन प्रदान गर्छ। ९० एचजेडको आइ कम्फर्ट डिस्प्लेले लामो समयसम्म प्रयोग गर्दा पनि आँखामा थकान कम गर्दै स्मूथ भिजुअल अनुभव दिन्छ।

फोटोग्राफी प्रेमीका लागि १३ एमपी एआइ क्यामेरा ले स्पष्ट फोटो खिच्न सहयोग गर्छ। युनिसोक टी ७ हजार २५० अक्टाकोर चिपसेटले स्मूथ मल्टीटास्किङ र प्रदर्शन सुनिश्चित गर्छ भने, एआइ स्मार्ट एक्सपिरियन्स प्रयोगकर्ताको व्यवहार अनुसार इन्टरफेसलाई व्यक्तिगत र प्रभावकारी बनाउँछ।

मनोरञ्जनको लागि नोट ७० मा ३०० प्रतिशत अल्ट्रा बूम स्पिकर राखिएको छ जसले भिडियो, संगीत र गेमिङ अनुभवलाई अझ रमाइलो बनाउँछ।

पल्स लाइट फीचरले एक अलर्टमै नोटिफिकेसन हेर्न मिल्छ। नोटिफिकेशन हेर्ने तरिका नै बदल्छ—स्मार्ट र स्टाइलिश प्रकाशले प्रत्येक अलर्ट एक नजरमै देखाउन सहयोग पुर्याउँछ।

रियलमीको नोट ७० २ वटा स्टोरेज भेरियन्टमा बीच गोल्ड र अब्सिडियन ब्ल्याक जस्तोआकर्षक रंगमा नेपालभर उपलब्ध छ। ४जीबी प्लस ६४ जीबीको मूल्य १३ हजार ९९९ रुपैयाँ र ४जीबी प्लस १२८जीबी को मूल्य १४ हजार ९९९ रुपैयाँ रहेको छ।

शक्तिशाली ब्याट्री, मिलिटरी–ग्रेड मजबुती र स्मार्ट फीचरहरूको साथ, नोट ७० एंट्री–लेवल स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापना गर्न तयार छ।

प्रतिक्रिया दिनुहोस्