Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कर्णालीमा मुख्यमन्त्री कार्यालय अगाडि जेन–जीको शान्तिपूर्ण प्रदर्शन

२३ भाद्र २०८२, सोमबार १७:०२

सुर्खेत। कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि जेन–जीहरूले सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोष–सभामा परिणत भएको थियो। ‘जुरुक्क जेनजी – जीउँदो कर्णाली’ नामक अभियानमार्फत युवाहरूले आन्दोलन अघि सारेका हुन्।

आन्दोलन शान्तिपूर्ण रहे पनि राप्रपा निकट युवा सङ्गठनका केही व्यक्तिहरू घुसेर भट्काउने प्रयास गरेको आन्दोलनकारीहरूले बताएका छन्। त्यसपछि कार्यक्रम छोट्याएर समापन गरिएको थियो।

यसैबीच अर्को समूहले छुट्टै रूपमा मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी महोनजंग बुढथापाका अनुसार अहिलेसम्म कुनै अप्रिय घटना नभएको र प्रहरी बाक्लै परिचालन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्