Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँः पारस खड्का

२३ भाद्र २०८२, सोमबार १७:४८

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत देशको अवस्थाप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन् ।

जेन जीको प्रदर्शनमा सरकारको दमनप्रति कटाक्ष गर्दै खड्काले मुलुकमा ‘शहीद’ शब्दको दुरुपयोग भएको जिकिर गरेका छन् ।

“हाम्रो देश, नामको देश । जता हेरे, त्यतै निराशा। काम भन्दा भाषण बढी, गलत र सही मूल्याङ्कन नभएको सामाजिक मानसिकता, हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेको मेरो देश, मृत्यु हुने प्रति हार्दिक श्रद्धाञ्जली,” खड्काले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले मुलुकमा ‘शहीद’ शब्दको दुरुपयोग भएको जिकिर गर्दै भनेका छन्, “शहीद भएका छन्, धेरैलाई बनाइएको छ, सायद मर्नु शहीद हुनु हो भने, हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्