Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँः पारस खड्का

२३ भाद्र २०८२, सोमबार १७:४८

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्काले सामाजिक सञ्जालमार्फत देशको अवस्थाप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन् ।

जेन जीको प्रदर्शनमा सरकारको दमनप्रति कटाक्ष गर्दै खड्काले मुलुकमा ‘शहीद’ शब्दको दुरुपयोग भएको जिकिर गरेका छन् ।

“हाम्रो देश, नामको देश । जता हेरे, त्यतै निराशा। काम भन्दा भाषण बढी, गलत र सही मूल्याङ्कन नभएको सामाजिक मानसिकता, हरेक क्षेत्रमा व्यक्तिगत स्वार्थ भन्दा उठ्न नसकेको मेरो देश, मृत्यु हुने प्रति हार्दिक श्रद्धाञ्जली,” खड्काले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले मुलुकमा ‘शहीद’ शब्दको दुरुपयोग भएको जिकिर गर्दै भनेका छन्, “शहीद भएका छन्, धेरैलाई बनाइएको छ, सायद मर्नु शहीद हुनु हो भने, हामी सबै धेरै अघि नै शहीद भइसकेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्