Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सुर्खेतमा निषेधाज्ञा उल्लंघन गर्ने ६ जना नियन्त्रणमा

२६ भाद्र २०८२, बिहीबार १४:२२

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार जारी निषेधाज्ञाको अवज्ञा गर्ने ६ जनालाई पक्राउ गरेको छ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार वीरेन्द्रनगरका विभिन्न स्थानमा हिँडडुल गर्दै निषेधाज्ञा तोड्नेहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा जुम्लाका बद्री बोहोरा, सुर्खेत विजौराका मोहन थापा, कालिकोट पचालझरनाका महेश बुढाथोकी, तिलागुफाका प्रेम कुँवर, शुभकालिकाका पुष्पराज शाही र पचालझरनाका मिलन बस्नेत रहेको प्रहरीले जनाएको छ।

डीएसपी बुढथापाले शान्ति सुरक्षा र जनस्वास्थ्यलाई ख्याल गर्दै निषेधाज्ञा लागू गरिएको उल्लेख गर्दै यसलाई उल्लंघन गर्ने कार्यलाई प्रहरी कडाइका साथ निगरानी गरिरहेको बताए।

प्रहरीले निषेधाज्ञा पालना गर्न सर्वसाधारणलाई आग्रह गर्दै, नियम तोड्ने जो–कोहीमाथि कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ। बिहीबार बिहान ८:३० बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्