Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

सुर्खेतमा निषेधाज्ञा उल्लंघन गर्ने ६ जना नियन्त्रणमा

२६ भाद्र २०८२, बिहीबार १४:२२

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहीबार जारी निषेधाज्ञाको अवज्ञा गर्ने ६ जनालाई पक्राउ गरेको छ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढथापाका अनुसार वीरेन्द्रनगरका विभिन्न स्थानमा हिँडडुल गर्दै निषेधाज्ञा तोड्नेहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा जुम्लाका बद्री बोहोरा, सुर्खेत विजौराका मोहन थापा, कालिकोट पचालझरनाका महेश बुढाथोकी, तिलागुफाका प्रेम कुँवर, शुभकालिकाका पुष्पराज शाही र पचालझरनाका मिलन बस्नेत रहेको प्रहरीले जनाएको छ।

डीएसपी बुढथापाले शान्ति सुरक्षा र जनस्वास्थ्यलाई ख्याल गर्दै निषेधाज्ञा लागू गरिएको उल्लेख गर्दै यसलाई उल्लंघन गर्ने कार्यलाई प्रहरी कडाइका साथ निगरानी गरिरहेको बताए।

प्रहरीले निषेधाज्ञा पालना गर्न सर्वसाधारणलाई आग्रह गर्दै, नियम तोड्ने जो–कोहीमाथि कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ। बिहीबार बिहान ८:३० बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्