Trending
शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |    
खेलकुद

यु–२३ नेपाली फुटबल टोली विमानस्थलमै अलपत्र

२६ भाद्र २०८२, बिहीबार १४:३९

काठमाडौं। एएफसी यु–२३ एसियन कप खेल्न ताजकिस्तान पुगेको नेपाली टोलीले विमानस्थलमै रात बिताएको छ।

टोली बुधबार राति फर्किने तय थियो। तर, उडान हुन नसकेपछि टोली अलपत्र परेको हो। टोलीमा रहेका खेलाडीका अनुसार दुशान्बेमा हिजो धेरैजसो होटल प्रायः भरिएका थिए। त्यसैले राति होटल व्यवस्थापन गर्न निकै कठिन भएपछि टोलीले विमानस्थलमै रात बिताएको हो।

पूरा रात विमानस्थलमै बिताएपछि टोलीलाई बिहान मात्रै होटलमा लगिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। अहिले टोली एफसी इस्तिक्लोलको प्रशिक्षण मैदान नजिकैको होटलमा लगेर राखिएको एन्फाले बताएको छ।

प्रतिक्रिया दिनुहोस्