Trending
पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |    
समाचार

नयाँ सरकार गठनबारे परामर्शमा राष्ट्रपति पौडेल

२७ भाद्र २०८२, शुक्रबार १५:०८

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनका लागि निरन्तर परामर्शमा जुटेका छन्।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका लागि राष्ट्रपति पौडेल शुक्रबार परामर्शमा जुटेका हुन्।

सरकार गठनका लागि उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरेका छन्। पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भएपनि अन्तरिम सरकार र संसद् विघटनका विषयमा भने सहमति जुट्न बाँकी रहेको छ।

राष्ट्रपति पौडेल शीतल निवासमा फर्किएसँगै सेनाले राष्ट्रपति भवनमा सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रतिक्रिया दिनुहोस्