Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

नयाँ सरकार गठनबारे परामर्शमा राष्ट्रपति पौडेल

२७ भाद्र २०८२, शुक्रबार १५:०८

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल नयाँ सरकार गठनका लागि निरन्तर परामर्शमा जुटेका छन्।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनका लागि राष्ट्रपति पौडेल शुक्रबार परामर्शमा जुटेका हुन्।

सरकार गठनका लागि उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरेका छन्। पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भएपनि अन्तरिम सरकार र संसद् विघटनका विषयमा भने सहमति जुट्न बाँकी रहेको छ।

राष्ट्रपति पौडेल शीतल निवासमा फर्किएसँगै सेनाले राष्ट्रपति भवनमा सुरक्षा व्यवस्था कडा बनाएको छ।

प्रतिक्रिया दिनुहोस्