Trending
पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |    
समाचार

जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु

२७ भाद्र २०८२, शुक्रबार १५:२५

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा हालसम्म ५१ जनाको मृत्यु भएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार शुक्रबारसम्म ५१ जनाको मृत्यु भएको हो। उनका अनुसार २१ जना प्रदर्शनकारीको मृत्यु भएको छ। ९ जना कैदीहरूको मृत्यु भएको छ।

प्रहरीका तीन जनाको आन्दोलनका क्रममा मृत्यु भएको घिमिरेले बताए। अन्य १८ जनाको जेन-जी आन्दोलनका क्रममा मृत्यु भएको छ। “ती १८ मा कसैको जलेर, कसैको छतबाट खसेर मृत्यु भएको भन्ने विवरण छ,” घिमिरेले भने।

मृत्यु भएका व्यक्तिहरूको पहिचान खोजिरहेको र सबैको खुलिनसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्