Trending
शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |    
समाचार

जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु

२७ भाद्र २०८२, शुक्रबार १५:२५

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा हालसम्म ५१ जनाको मृत्यु भएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार शुक्रबारसम्म ५१ जनाको मृत्यु भएको हो। उनका अनुसार २१ जना प्रदर्शनकारीको मृत्यु भएको छ। ९ जना कैदीहरूको मृत्यु भएको छ।

प्रहरीका तीन जनाको आन्दोलनका क्रममा मृत्यु भएको घिमिरेले बताए। अन्य १८ जनाको जेन-जी आन्दोलनका क्रममा मृत्यु भएको छ। “ती १८ मा कसैको जलेर, कसैको छतबाट खसेर मृत्यु भएको भन्ने विवरण छ,” घिमिरेले भने।

मृत्यु भएका व्यक्तिहरूको पहिचान खोजिरहेको र सबैको खुलिनसकेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्