Trending
पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |    
समाचार

जेन-जी आन्दोलनको आगजनीको अनुगमन गर्दै मुख्यमन्त्री कँडेल

२८ भाद्र २०८२, शनिबार २२:०१

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन-जी आन्दोलनमा सुर्खेतमा क्षतिग्रस्त भएका सरकारी र पार्टी कार्यालयहरूको अनुगमन गरेका छन्।

शनिबार उनले आगलागी र तोडफोडको निरीक्षण गरी क्षतिको विवरण लिएका छन्। मंगलबार आन्दोलनकारीहरूले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका कार्यालयमा तोडफोड गर्दै आगजनी गरेका थिए।

साथै वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, प्रदेश सभा, नापी कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि आगजनी भएको थियो।

मुख्यमन्त्री कँडेलका सरकारी र निजी निवासमा समेत तोडफोड भएको अवस्थामा उनले तत्काल सुधार र सुरक्षा उपायको खाका तयार गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्