Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

जेन-जी आन्दोलनको आगजनीको अनुगमन गर्दै मुख्यमन्त्री कँडेल

२८ भाद्र २०८२, शनिबार २२:०१

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन-जी आन्दोलनमा सुर्खेतमा क्षतिग्रस्त भएका सरकारी र पार्टी कार्यालयहरूको अनुगमन गरेका छन्।

शनिबार उनले आगलागी र तोडफोडको निरीक्षण गरी क्षतिको विवरण लिएका छन्। मंगलबार आन्दोलनकारीहरूले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका कार्यालयमा तोडफोड गर्दै आगजनी गरेका थिए।

साथै वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, प्रदेश सभा, नापी कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि आगजनी भएको थियो।

मुख्यमन्त्री कँडेलका सरकारी र निजी निवासमा समेत तोडफोड भएको अवस्थामा उनले तत्काल सुधार र सुरक्षा उपायको खाका तयार गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्