Trending
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |    
समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सम्हालिन् पदभार

२९ भाद्र २०८२, आईतवार ११:४१

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्रीको पदभार सम्हकालेकी छन् । कार्कीले सिंहदरबार भित्र पुरानो गृह मन्त्रालय रहेको नयाँ भवनमा पुगेर पदभार ग्रहण गरेकी हुन् ।

प्रधानमन्त्री कार्यालय जेनजी आन्दोलनका कारण जलेको हुँदा उक्त भवनलाई प्रधानमन्त्री कार्यालय बनाइएको छ । आज मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ । प्र

धानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेकी छन् । सिंहदरबार प्रवेश गरेर प्रधानमन्त्रीको कार्यभार सम्हालेकी कार्की नेतृत्वमा नयाँ मन्त्रीहरु थप गर्ने काम आज हुने भएको उल्लेख छ ।

शुक्रबार राति प्रधानमन्त्रीको सपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आइतबार सानो आकारको भएपनि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । त्यसका लागि जेनजी प्रतिनिधिले सिफारिस गरेका मन्त्रीलाई उनले नियुक्त गर्ने छिन् ।

प्रतिक्रिया दिनुहोस्