Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

राष्ट्रपति पौडेलद्वारा तीन मन्त्री नियुक्त

२९ भाद्र २०८२, आईतवार २२:१९

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार तीन जना नयाँ मन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा पूर्वअर्थ सचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीमा नियुक्त गरिएको हो।

खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अधिवक्ता अर्याललाई गृह तथा कानुन मन्त्रालय सम्हाल्ने जिम्मा दिइएको छ। यस्तै, पूर्वकार्यकारी निर्देशक घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ।

नवनियुक्त मन्त्रीहरूले सोमबार शपथग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्