Trending
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |    
समाचार

राष्ट्रपति पौडेलद्वारा तीन मन्त्री नियुक्त

२९ भाद्र २०८२, आईतवार २२:१९

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार तीन जना नयाँ मन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा पूर्वअर्थ सचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीमा नियुक्त गरिएको हो।

खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अधिवक्ता अर्याललाई गृह तथा कानुन मन्त्रालय सम्हाल्ने जिम्मा दिइएको छ। यस्तै, पूर्वकार्यकारी निर्देशक घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ।

नवनियुक्त मन्त्रीहरूले सोमबार शपथग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्