Trending
मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |     लुम्बिनी प्रदेश सभा सदस्यको पदमुक्त गर्ने निर्णयप्रति जसपाको आपत्ति     |     शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल     |     माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा     |     रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने     |     ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह     |     ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज     |     बिर्तामोडमा भदौ २७ देखि ‘युवा कलाकार अभिनय प्रशिक्षण’, कलाकारले सिक्नेछन् अभिनयका विविध सीप     |     एसीसी प्रिमियर कप : हङकङसँग नेपाल पराजित, सेमिफाइनलमा ओमनसँग भिड्ने     |    
वातावरण

कोशी ब्यारेजको जलसतह घट्दै, अझै अति खतरनाक विन्दुमाथि

१३ आश्विन २०८१, आईतवार ०७:१७

१३ असोज, सुनसरी।सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेको छ । यद्यपी अहिले पनि अति खतरनाक विन्दु पनि पारको अवस्थामा रहेको सप्तकोशी जलमापन केन्द्रले जानकारी दिएको छ ।

चतरास्थित जलमापन केन्द्रका अनुसार कोशीमा दिउँसो गरिएको मापन अनुसार पानीको बहाव ५ लाख ८२ हजार क्यूसेकमा आएको छ । यसअघि बिहान पानीको बहाव ६ बजे ६ लाख ५५ हजार ५ क्यूसेक रहेकोमा पछिल्लो केही घण्टायता बहावमा कमी आउँदै गएको केन्द्रले जनाएको छ ।

यद्यपि उच्च खतरा भने कायम नै रहेको छ । शनिबार बिहान ६ बजे ६ लाख ६१ हजार २ सय ९५ क्युसेक पानीको बहाव मापन गरिएको थियो ।अझै ब्यारेजका सबै ५६ ढोका खुल्ला नै राखिएको छ । ब्यारेजको पुलमा सवारीसाधनको आवतजावत भने रोकिएकै छ ।

प्रतिक्रिया दिनुहोस्