Trending
वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा     |     नवनियुक्त ३ मन्त्रीले लिए शपथ     |     राष्ट्रपति पौडेलद्वारा तीन मन्त्री नियुक्त     |     आन्दोलनमा सहभागी कार्यकर्तालाई माओवादीले कारबाही गर्ने     |     फिल्म हल सोमबारबाट खुल्ने     |     देशभर माैसम बदली, कतैकतै वर्षा     |     सविता भण्डारी बराल महान्यायाधिवक्तामा नियुक्त     |     नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सम्हालिन् पदभार     |     घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार     |     जेन-जी आन्दोलनको आगजनीको अनुगमन गर्दै मुख्यमन्त्री कँडेल     |    
खेलकुद

वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

३० भाद्र २०८२, सोमबार १२:५६

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले युनिटी नेप-डब्ल्यूआई कपका लागि १६ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा गरेको छ।

टाेलीमा नेपाल ‘ए’ टिमबाट आसामसँगको सिरिजमा राम्रो प्रदर्शन गरेका आदिल आलमले नेपालको सिनियर टिममा पुनरागमन गरेका छन्। २ वर्षभन्दा लामो समय क्रिकेटबाट निलम्बनमा रहेका आदिलले ‘ए’ टिम हुँदै सिनियर टिममा परेका हुन्।

नेपालले आउँदो असोज ११, १३ र १४ गते (सेप्टेम्बर २७, २९ र ३०) मा वेस्टइन्डिजविरुद्ध सिरिज खेल्ने छ। नेपाल र वेस्ट इन्डिजविरुद्धको खेल युएईमा हुनेछ। युएईको शहाराज क्रिकेट रंगशालामा नेपाल र वेस्ट इन्डिजले प्रतिस्पर्धा गर्ने छन्। क्यानले आइतबारमात्रै यो सिरिजको नाम युनिट कप राखेको छ।

वेष्ट इन्डिजसँग खेल्ने नेपाली टोलीः  रोहित पौडेल(कप्तान), दिपेन्द्र सिंह ऐरी(उपकप्तान), आशिफ शेख(विकेटकिपर), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, मोहम्मद आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललितनारायण राजवंशी, सोमपाल कामी र साहब आलम

प्रतिक्रिया दिनुहोस्