Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

३० भाद्र २०८२, सोमबार १२:५६

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले युनिटी नेप-डब्ल्यूआई कपका लागि १६ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा गरेको छ।

टाेलीमा नेपाल ‘ए’ टिमबाट आसामसँगको सिरिजमा राम्रो प्रदर्शन गरेका आदिल आलमले नेपालको सिनियर टिममा पुनरागमन गरेका छन्। २ वर्षभन्दा लामो समय क्रिकेटबाट निलम्बनमा रहेका आदिलले ‘ए’ टिम हुँदै सिनियर टिममा परेका हुन्।

नेपालले आउँदो असोज ११, १३ र १४ गते (सेप्टेम्बर २७, २९ र ३०) मा वेस्टइन्डिजविरुद्ध सिरिज खेल्ने छ। नेपाल र वेस्ट इन्डिजविरुद्धको खेल युएईमा हुनेछ। युएईको शहाराज क्रिकेट रंगशालामा नेपाल र वेस्ट इन्डिजले प्रतिस्पर्धा गर्ने छन्। क्यानले आइतबारमात्रै यो सिरिजको नाम युनिट कप राखेको छ।

वेष्ट इन्डिजसँग खेल्ने नेपाली टोलीः  रोहित पौडेल(कप्तान), दिपेन्द्र सिंह ऐरी(उपकप्तान), आशिफ शेख(विकेटकिपर), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, मोहम्मद आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललितनारायण राजवंशी, सोमपाल कामी र साहब आलम

प्रतिक्रिया दिनुहोस्