Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

मुख्यमन्त्री कँडेल भने दल सबल भए मात्र राष्ट्र सबल बन्छ

३० भाद्र २०८२, सोमबार १८:००

सुर्खेत। मुख्यमन्त्री यामलाल कँडेलले हालैको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी घटनाले कर्णाली प्रदेशलाई ठूलो क्षति पुर्‍याएको बताएका छन्।

उनका अनुसार, प्रदेश सभा, लेखा नियन्त्रण कार्यालय, नापी कार्यालयदेखि पार्टी कार्यालय र नेताहरूका घरसम्म तोडफोड तथा आगजनीमा परेका छन्।

पत्रकार सम्मेलनमा उनले आन्दोलनलाई उद्देश्यभन्दा भिन्न तरिकाले प्रयोग गरिएर युवाहरूलाई भड्काइएको आरोप लगाए। ‘जेनजीका नाममा भएको विध्वंस स्वीकार्य छैन,’ उनले स्पष्ट पारे।

कँडेलले संघीय राजधानीमा भएको घटनाको प्रभाव कर्णालीसम्म फैलिएको बताए। सुरक्षा व्यवस्थाको कारण आफू कपासेस्थित सेनाको ब्यारेकमा बस्न बाध्य भएको उनको भनाइ छ।

उनले दलहरूबीच समन्वय गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए। साथै, प्रमुख दलहरू बलियो भए मात्रै समाज र राष्ट्र बलियो हुने तर्कसमेत उनले दोहोर्याए।

प्रतिक्रिया दिनुहोस्