Trending
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |    
समाचार

मुख्यमन्त्री कँडेल भने दल सबल भए मात्र राष्ट्र सबल बन्छ

३० भाद्र २०८२, सोमबार १८:००

सुर्खेत। मुख्यमन्त्री यामलाल कँडेलले हालैको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी घटनाले कर्णाली प्रदेशलाई ठूलो क्षति पुर्‍याएको बताएका छन्।

उनका अनुसार, प्रदेश सभा, लेखा नियन्त्रण कार्यालय, नापी कार्यालयदेखि पार्टी कार्यालय र नेताहरूका घरसम्म तोडफोड तथा आगजनीमा परेका छन्।

पत्रकार सम्मेलनमा उनले आन्दोलनलाई उद्देश्यभन्दा भिन्न तरिकाले प्रयोग गरिएर युवाहरूलाई भड्काइएको आरोप लगाए। ‘जेनजीका नाममा भएको विध्वंस स्वीकार्य छैन,’ उनले स्पष्ट पारे।

कँडेलले संघीय राजधानीमा भएको घटनाको प्रभाव कर्णालीसम्म फैलिएको बताए। सुरक्षा व्यवस्थाको कारण आफू कपासेस्थित सेनाको ब्यारेकमा बस्न बाध्य भएको उनको भनाइ छ।

उनले दलहरूबीच समन्वय गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए। साथै, प्रमुख दलहरू बलियो भए मात्रै समाज र राष्ट्र बलियो हुने तर्कसमेत उनले दोहोर्याए।

प्रतिक्रिया दिनुहोस्