Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

साफ यू–१७ च्यम्पियनसिप : उद्घाटन खेलमा नेपाल विजयी

३० भाद्र २०८२, सोमबार २१:५४

काठमाडाैँ। नेपालले यू–१७ साफ च्याम्पियनसिपको उद्घाटन खेलमा सोमबार दस खेलाडीमा सीमित श्रीलंकालाई २–० ले हराएको छ ।

सोमबार नेपालले उद्घाटन खेलमा घरेलु टोली श्रीलंकालाई २–० ले पराजित गरेको हो । नेपाललाई श्रीलंकाको कोलोम्बो सहरस्थित रेशकोर्स रंगशालामा जित दिलाउन समिर कुमार एक्लैले दुई गोल गरे ।

खेलको ५२औँ मिनेटमा समिरले नेपाललाई अग्रता दिलाए । खेलको इन्जुरी समयमा सविनले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । त्यसअघि २९औँ मिनेटमा श्रीलंकाका महोम्मद इफ्हामले रातो कार्डको दर्शन गरेपछि टोली १० खेलाडीमा सीमित भएको थियो ।

जितसँगै नेपालले पहिलाे खेलमै तीन अंक जाेडेकाे छ।

प्रतिक्रिया दिनुहोस्