Trending
राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |     भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान     |     सुर्खेतमा लागुऔषध र नक्कली चुरोटसहित ६ जना पक्राउ     |     वीरेन्द्रनगरमा शिक्षक सरुवाको विवाद चर्कियो, आन्दोलनमा झडप र एक घाइते     |     प्रधानमन्त्रीसँग सातै प्रदेशका मुख्यमन्त्रीको बैठक सुरु     |     लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |    
खेलकुद

साफ यू–१७ च्यम्पियनसिप : उद्घाटन खेलमा नेपाल विजयी

३० भाद्र २०८२, सोमबार २१:५४

काठमाडाैँ। नेपालले यू–१७ साफ च्याम्पियनसिपको उद्घाटन खेलमा सोमबार दस खेलाडीमा सीमित श्रीलंकालाई २–० ले हराएको छ ।

सोमबार नेपालले उद्घाटन खेलमा घरेलु टोली श्रीलंकालाई २–० ले पराजित गरेको हो । नेपाललाई श्रीलंकाको कोलोम्बो सहरस्थित रेशकोर्स रंगशालामा जित दिलाउन समिर कुमार एक्लैले दुई गोल गरे ।

खेलको ५२औँ मिनेटमा समिरले नेपाललाई अग्रता दिलाए । खेलको इन्जुरी समयमा सविनले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । त्यसअघि २९औँ मिनेटमा श्रीलंकाका महोम्मद इफ्हामले रातो कार्डको दर्शन गरेपछि टोली १० खेलाडीमा सीमित भएको थियो ।

जितसँगै नेपालले पहिलाे खेलमै तीन अंक जाेडेकाे छ।

प्रतिक्रिया दिनुहोस्