Trending
सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव     |     यु–१९ क्रिकेट महिला टिमको बन्द प्रशिक्षण सुरु     |     वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो     |     अमेरिकामा बन्ने भयो ‘नक्कली सूर्य’, ४०० मेघावाट बिजुली उत्पादन गर्ने     |     बजाज फाइनान्स मेला २०२४ सुरु     |     इरानले ह्वाट्सएप, गुगल प्लेमाथिको प्रतिबन्ध हटायो     |     नेताहरूलाई कारबाहीपछि शंकर पोखरेलले एआईको सहायता लिँदै लेखे यस्तो     |     सनसाइन र हेम्स उपाधिनजिक     |     मेयर कप टेबलटेनिस सुरु     |     अपडेट : विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार     |    
समाचार

मन्त्री यादवद्वारा क्षतिग्रस्त खानेपानी प्रणाली पुनःस्थापना गर्न निर्देशन

१३ आश्विन २०८१, आईतवार ०७:२१

१३ असोज, काठमाडौँ। खानेपानीमन्त्री प्रदीप यादवले अविरल वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणालीलाई चुस्तदुरुस्त बनाई आपूर्ति व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयमा आकस्मिक बैठक राखी मन्त्री यादवले तीन दिनको लगातारको वर्षाले खानेपानी प्रणालीअन्तर्गत मात्र करिब रु एक अर्ब क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिँदै क्षतिको पूर्ण विवरण लिइ प्राथमिकताका साथ खानेपानी प्रणालीलाई पुनःस्थापित गर्न सम्बद्ध उच्च अधिकारीहरूसँग अनुरोध गरे ।

उनले मन्त्रालयका सचिव, विभागीय प्रमुखसहितका उच्चअधिकारी सम्मिलित बैठकमा भने, “लगातार आएको तीन दिनको वर्षाले काठमाडौँ उपत्यकासहित मुलुकका धेरै भाग प्रभावित भई खानेपानी प्रणालीलाई क्षति पु¥याएको छ, पानी व्यवस्थापन गर्नुपर्ने दायित्व हाम्रो मन्त्रालयको हो, यस विषम परिस्थितिमा युद्धस्तरमा खटिएर दसैँअघि खानेपानी प्रणाली पुनःस्थापित गर्न सम्बद्ध सबैलाई निर्देश गर्दछु ।”

अविरल वर्षासहित आएको बाढीका कारण उत्पन्न हुनसक्ने हैजा रोगलगायतका महामारीबाट प्रभावित जनतालाई जोगाउन पानीको परीक्षणका लागि प्राविधिक टोली परिचालन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।

प्रतिक्रिया दिनुहोस्