Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

क्रिकेटर सुलभप्रति श्रद्धाञ्जली

३१ भाद्र २०८२, मंगलवार २१:१८

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठप्रति आज  श्रद्धाञ्जली अर्पण गरिएको छ ।

नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा संयुक्त आयोजित कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको हो ।

राखेप सदस्य–सचिव टङ्कलाल घिसिङ, राखेप सदस्य जगतसिंह धामी, खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी, ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्टलगायतले सुलभप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

आन्दोलनका क्रममा घाइते फुटबलर पवन शाहीसहित सम्पूर्णको शीघ्र स्वास्थ लाभको कामना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्