Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

प्रधानमन्त्री कार्कीसँग भारतीय राजदूतको भेट

३१ भाद्र २०८२, मंगलवार २२:१२

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेट गरेका छन् ।​​

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख कार्यादेश निर्वाचन गर्नु भएकाले त्यसमा सहयोगका लागि आग्रह गरेकी थिइन् । सो अवसरमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री कार्कीलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त भएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीको सन्देशमा नेपाल–भारतबीचको मित्रता र सहयोगको सम्बन्धलाई थप सुदृढ गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

राजदूत श्रीवास्तवले असल छिमेकीको नाताले नेपालको आवश्यकताअनुसार भारतको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । त्यस अवसरमा उनले आगामी असोज २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री कार्कीसँग टेलिफोन वार्ता गर्ने तयारी गरिएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्