Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

अवैध लागुऔषधसहित विमानस्थलबाट दुई भारतीय पक्राउ

३१ भाद्र २०८२, मंगलवार २२:१८

काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध लागुऔषधसहित आज दुईजना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय पण्डरपरम्बिल खानी फैजल र २६ वर्षीय एडथुमकुनेल रहीमशेहीम रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

उनले भने, “त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन एरियाको टनेल गेटबाट गाँजा जस्तो देखिने बस्तु १० किलो नौ सय १५ ग्रामसहित उनीहरूलाई आज दिउँसो पक्राउ गरिएको हो ।”

थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौँ आएका उनीहरूलाई जाँच गर्दा उनीहरूको लगेजबाट उक्त लागुऔषध फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता घिमिरेले बताए । रासस

प्रतिक्रिया दिनुहोस्