Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

ललितपुरको दक्षिणी भेग सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन

१३ आश्विन २०८१, आईतवार ०७:२५

१३ असोज, काठमाडौँ। बिहीबारदेखि परेको अविरल वर्षाले ललितपुरको दक्षिणी भेगका तीन स्थानीय तह सडक, विद्युत् र सञ्चार सम्पर्कविहीन भएका छन् ।

विपत्तिका कारण महाङ्काल, बागमती, कोञ्ज्योसोमका स्थानीयले धनजनको क्षति व्यहोर्नु परेको भन्दै राहत तथा उद्धारका लागि सञ्चार समन्वयसमेत हुन नसकेको महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले बताए ।

“लेले चन्दनपुर सडक, मध्यमार्गी लोकमार्ग बन्द छ, विद्युत्का पोल ढलेका छन् । उद्धार गरिएकालाई थप उपचारका लागि ल्याउन सकिएको छैन”, उनले भने ।

 बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कान्ति लोकपथ अवरुद्ध हुँदा सवारीसाधन प्रयोग गरेर राहत तथा उद्धार गर्न नसकिएको बताए ।

कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले ठोट्ने खोलामा सबैभन्दा बढी क्षति भएको बताउँदै बाढीका कारण १५ भन्दा बढी घर पूर्ण रुपमा क्षति भएका जानकारी दिए । बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले सञ्चारसम्पर्क, विद्युत् र सडक सञ्जाल यथाशीघ्र सञ्चालनमा ल्याउन सहजीकरण गरिदिन जिल्ला विपद् समितिसँग आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्