Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त

१ आश्विन २०८२, बुधबार १६:००

कर्णाली। कर्णाली प्रदेशमा सरकारी तथा निजी १९ वटा भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । यही भदौ २४ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट प्रदेशका १९ संरचनामा क्षति पुगेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार कर्णाली प्रदेशसभा, नापी कार्यालय, प्रदेश कोष तथा नियन्त्रण कार्यालय, मुख्यमन्त्री निवास, वीरेन्द्रनगर नगरपालिका–२, ३, ६ र ११ नं वडा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उनकै भाई डम्बर खड्का, मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनालको घर पनि पूर्ण रूपले क्षतिग्रस्त भएको उनले जानकारी दिए । त्यस्तै, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी कार्यालय पनि पूर्ण रूपमा क्षति भएको प्रहरी नायब महानिरीक्षक श्रेष्ठले बताए ।

उनका अनुसार जुम्लामा भने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालयमा क्षति पुगेको छ । प्रदेशभरि १९ वटा भौतिक संरचना पूर्ण रूपले क्षति भएका छन् भने १५ वटामा आंशिक र पाँ वटामा सामान्य क्षति पुगेको छ ।

ठूला गाडी १४, मोटरसाइकल १२ र एउटा ट्याम्पुमा क्षति पुगेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक क्षतिको विवरण प्राप्त गर्न केही समय लाग्ने जनाउँदै प्रहरी नायब महानिरीक्षक श्रेष्ठले प्रदर्शनका क्रममा १३ सर्वसाधरण र तीन प्रहरी गरी १६ जना घाइते भएका उल्लेख गरे । रासस

प्रतिक्रिया दिनुहोस्