Trending
लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |    
समाचार

कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त

१ आश्विन २०८२, बुधबार १६:००

कर्णाली। कर्णाली प्रदेशमा सरकारी तथा निजी १९ वटा भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । यही भदौ २४ गते जेनजी पुस्ताको प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट प्रदेशका १९ संरचनामा क्षति पुगेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार कर्णाली प्रदेशसभा, नापी कार्यालय, प्रदेश कोष तथा नियन्त्रण कार्यालय, मुख्यमन्त्री निवास, वीरेन्द्रनगर नगरपालिका–२, ३, ६ र ११ नं वडा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उनकै भाई डम्बर खड्का, मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनालको घर पनि पूर्ण रूपले क्षतिग्रस्त भएको उनले जानकारी दिए । त्यस्तै, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पार्टी कार्यालय पनि पूर्ण रूपमा क्षति भएको प्रहरी नायब महानिरीक्षक श्रेष्ठले बताए ।

उनका अनुसार जुम्लामा भने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालयमा क्षति पुगेको छ । प्रदेशभरि १९ वटा भौतिक संरचना पूर्ण रूपले क्षति भएका छन् भने १५ वटामा आंशिक र पाँ वटामा सामान्य क्षति पुगेको छ ।

ठूला गाडी १४, मोटरसाइकल १२ र एउटा ट्याम्पुमा क्षति पुगेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक क्षतिको विवरण प्राप्त गर्न केही समय लाग्ने जनाउँदै प्रहरी नायब महानिरीक्षक श्रेष्ठले प्रदर्शनका क्रममा १३ सर्वसाधरण र तीन प्रहरी गरी १६ जना घाइते भएका उल्लेख गरे । रासस

प्रतिक्रिया दिनुहोस्