Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कर्णाली राजमार्ग सञ्चालन

१ आश्विन २०८२, बुधबार १६:०७

कालीकोट। जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

वर्षासँगै आएको पहिरोले मङ्गलबार रातिदेखि अवरुद्ध बनेको उक्त राजमार्ग आजदेखि सञ्चालनमा आएको हो ।   पहिरो पन्छाएर राजमार्ग खुलाउन स्काभेटर र जेसिभी प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार गगने खोला पारिपट्टीको डाँडा पूरै सडकमा खसेर राजमार्ग अवरुद्ध बनेको थियो । वर्षा हुनेबित्तिकै लेदो र ढुङ्गासहितको पहिरो गगने खोलामा खस्ने गरेकाले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्