Trending
लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य     |     नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी     |     फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने     |     वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट     |     फोहरमैला घरमै राख्न काठमाडौँ महानगरको आग्रह     |     दोस्रो नेशनल स्वीमिङ च्याम्पियनसिप २०२५ नेपालगन्जमा सुरु     |     ‘परान’ आजदेखि प्रदर्शनमा     |     सुर्खेतमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ     |     भारत–अमेरिका बीच दश वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर     |     सुनको मूल्य बढ्यो     |    
समाचार

कर्णाली राजमार्ग सञ्चालन

१ आश्विन २०८२, बुधबार १६:०७

कालीकोट। जिल्लाको शुभकालिका-१ गगने खोलामा पहिरो गएपछि अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

वर्षासँगै आएको पहिरोले मङ्गलबार रातिदेखि अवरुद्ध बनेको उक्त राजमार्ग आजदेखि सञ्चालनमा आएको हो ।   पहिरो पन्छाएर राजमार्ग खुलाउन स्काभेटर र जेसिभी प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार गगने खोला पारिपट्टीको डाँडा पूरै सडकमा खसेर राजमार्ग अवरुद्ध बनेको थियो । वर्षा हुनेबित्तिकै लेदो र ढुङ्गासहितको पहिरो गगने खोलामा खस्ने गरेकाले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्