Trending
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन     |     संविधान दिवसमा टेलिकमको ‘अफर’     |     प्रधानमन्त्री कार्की – मोदी टेलिफोन वार्ता     |     राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश     |     दुर्घटनामा दुई जनाको मृत्यु, २२ जना घाइते     |     ९८औँ ओस्कर अवार्डमा नेपालको तर्फबाट ‘अञ्जिला’ सिफारिस     |     सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार     |     कर्णाली राजमार्ग सञ्चालन     |     कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त     |     सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?     |    
समाचार

राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश

२ आश्विन २०८२, बिहीबार १४:३४

काठामाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८१ /०८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

राष्ट्रपतिको कार्यालयमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम ती दुई आयोगले आ–आफ्नो आयोगको प्रतिवेदन पेश गरेको  प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ ।

मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह र राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आ–आफ्नो आयोगको प्रतिवेदन पेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्