Trending
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन     |     संविधान दिवसमा टेलिकमको ‘अफर’     |     प्रधानमन्त्री कार्की – मोदी टेलिफोन वार्ता     |     राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेश     |     दुर्घटनामा दुई जनाको मृत्यु, २२ जना घाइते     |     ९८औँ ओस्कर अवार्डमा नेपालको तर्फबाट ‘अञ्जिला’ सिफारिस     |     सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार     |     कर्णाली राजमार्ग सञ्चालन     |     कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त     |     सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?     |    
समाचार

प्रधानमन्त्री कार्की – मोदी टेलिफोन वार्ता

२ आश्विन २०८२, बिहीबार १४:४३

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोनवार्ता भएको छ ।

वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रिपूर्ण सम्बन्धको स्मरण गर्नुभएको थियो । साथै उहाँले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराए ।

यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन व्यक्त गरेका छन्। वार्ताका क्रममा प्रधानमन्त्री मोदीले असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने बताए ।

छिमेकी दुई देशका सरकार प्रमुखहरूबीच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोलगायत विविध विषयमा कुराकानी भएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्