Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

कर्णालीमा संविधान दिवस मनाइयो

३ आश्विन २०८२, शुक्रबार २०:४४

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार कर्णाली प्रदेश सरकारले संविधान जारी भएको १० वर्ष पूरा भएको अवसरमा संविधान दिवस मनाएको छ।

आन्तरिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा प्रभातफेरीसहित कार्यक्रम भएको थियो। त्यसपछि प्रदेश रंगशालास्थित कभर्डहलमा औपचारिक कार्यक्रम सम्पन्न भयो, जहाँ प्रदेश प्रमुख, सभामुख, सांसद, पूर्वमुख्यमन्त्रीलगायतको सहभागिता थियो।

मुख्यमन्त्री यामलाल कँडेलले भ्रष्टाचार नियन्त्रण, सुशासन र स्थिर सरकारका लागि तीनै तहका सरकार प्रयासरत रहेको बताए। उनले जेनजी पुस्ताको आन्दोलन र युवामाझ बढ्दो निराशाप्रति चिन्ता व्यक्त गर्दै, शान्तिपूर्ण आन्दोलनका नाममा हिंसात्मक गतिविधि अस्वीकार्य भएको बताए।

उनका अनुसार संविधानले जनताको राजनीतिक अधिकार सुनिश्चित गरिसकेको छ र सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने आवश्यकता छ। संविधानलाई आवश्यक परे संशोधन गरी परिष्कृत गर्न सकिने उनले उल्लेख गरे।

कँडेलले संघीयता, लोकतन्त्र र समावेशी व्यवस्थामाथि प्रहार गर्ने असंवैधानिक गतिविधि खतरनाक भएको चेतावनी दिँदै सबैलाई धैर्य र एकताबद्ध रहन आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्