Trending
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |    
समाचार

कर्णालीमा संविधान दिवस मनाइयो

३ आश्विन २०८२, शुक्रबार २०:४४

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार कर्णाली प्रदेश सरकारले संविधान जारी भएको १० वर्ष पूरा भएको अवसरमा संविधान दिवस मनाएको छ।

आन्तरिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा प्रभातफेरीसहित कार्यक्रम भएको थियो। त्यसपछि प्रदेश रंगशालास्थित कभर्डहलमा औपचारिक कार्यक्रम सम्पन्न भयो, जहाँ प्रदेश प्रमुख, सभामुख, सांसद, पूर्वमुख्यमन्त्रीलगायतको सहभागिता थियो।

मुख्यमन्त्री यामलाल कँडेलले भ्रष्टाचार नियन्त्रण, सुशासन र स्थिर सरकारका लागि तीनै तहका सरकार प्रयासरत रहेको बताए। उनले जेनजी पुस्ताको आन्दोलन र युवामाझ बढ्दो निराशाप्रति चिन्ता व्यक्त गर्दै, शान्तिपूर्ण आन्दोलनका नाममा हिंसात्मक गतिविधि अस्वीकार्य भएको बताए।

उनका अनुसार संविधानले जनताको राजनीतिक अधिकार सुनिश्चित गरिसकेको छ र सामाजिक न्यायसहितको आर्थिक समृद्धितर्फ अघि बढ्नुपर्ने आवश्यकता छ। संविधानलाई आवश्यक परे संशोधन गरी परिष्कृत गर्न सकिने उनले उल्लेख गरे।

कँडेलले संघीयता, लोकतन्त्र र समावेशी व्यवस्थामाथि प्रहार गर्ने असंवैधानिक गतिविधि खतरनाक भएको चेतावनी दिँदै सबैलाई धैर्य र एकताबद्ध रहन आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्