Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

लेकवेशी नगरपालिकाले सवारी प्रयोगमा कडाइ

३ आश्विन २०८२, शुक्रबार २०:५६

सुर्खेत। सुर्खेतको लेकवेशी नगरपालिकाले आन्तरिक आम्दानीले चालु खर्च धान्न नसक्ने अवस्था आएपछि सरकारी सवारी साधनको प्रयोगमा कडाइ गर्ने निर्णय गरेको छ।

नगरपालिकाले मितव्ययिता अपनाउँदै अनावश्यक खर्च कटौती गर्न नयाँ निर्देशनात्मक आदेश जारी गरेको हो। नगर प्रमुखको सचिवालयबाट जारी पत्रअनुसार असोज महिनादेखि लागू हुने गरी नगरपालिकाको नाममा रहेका सम्पूर्ण सरकारी सवारी साधन कार्यपालिकाको कार्यालयमै अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ। ती सवारी साधन कार्यालयका नियमित कामकाजका लागि मात्र प्रयोग गर्न पाइनेछ।

यसका लागि लगबुक भरी प्रयोग गर्नुपर्ने व्यवस्था मिलाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइएको सचिवालयले जनाएको छ। नगरपालिकाले यस कदमलाई खर्च नियन्त्रणतर्फको महत्वपूर्ण प्रयासका रूपमा लिएको छ।

आन्तरिक आम्दानी कमजोर हुँदा धेरै स्थानीय तहहरू आर्थिक दबाबमा परेका छन्। लेकवेशीको यो निर्णय अन्य स्थानीय तहका लागि पनि सन्देशका रूपमा लिइएको छ। खर्च कटौती गर्दै दक्ष व्यवस्थापन गर्न सके नगरपालिकाको स्रोत परिचालनमा सहज हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्