Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

लेकवेशी नगरपालिकाले सवारी प्रयोगमा कडाइ

३ आश्विन २०८२, शुक्रबार २०:५६

सुर्खेत। सुर्खेतको लेकवेशी नगरपालिकाले आन्तरिक आम्दानीले चालु खर्च धान्न नसक्ने अवस्था आएपछि सरकारी सवारी साधनको प्रयोगमा कडाइ गर्ने निर्णय गरेको छ।

नगरपालिकाले मितव्ययिता अपनाउँदै अनावश्यक खर्च कटौती गर्न नयाँ निर्देशनात्मक आदेश जारी गरेको हो। नगर प्रमुखको सचिवालयबाट जारी पत्रअनुसार असोज महिनादेखि लागू हुने गरी नगरपालिकाको नाममा रहेका सम्पूर्ण सरकारी सवारी साधन कार्यपालिकाको कार्यालयमै अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ। ती सवारी साधन कार्यालयका नियमित कामकाजका लागि मात्र प्रयोग गर्न पाइनेछ।

यसका लागि लगबुक भरी प्रयोग गर्नुपर्ने व्यवस्था मिलाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिइएको सचिवालयले जनाएको छ। नगरपालिकाले यस कदमलाई खर्च नियन्त्रणतर्फको महत्वपूर्ण प्रयासका रूपमा लिएको छ।

आन्तरिक आम्दानी कमजोर हुँदा धेरै स्थानीय तहहरू आर्थिक दबाबमा परेका छन्। लेकवेशीको यो निर्णय अन्य स्थानीय तहका लागि पनि सन्देशका रूपमा लिइएको छ। खर्च कटौती गर्दै दक्ष व्यवस्थापन गर्न सके नगरपालिकाको स्रोत परिचालनमा सहज हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्