Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

दैलेखका वरिष्ठ लेखा अधिकृत घुससहित पक्राउ

३ आश्विन २०८२, शुक्रबार २१:०१

सुर्खेत। दैलेखको डुंगेश्वर गाउँपालिकाका सातौँ तहका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीलाई एक लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार राति वीरेन्द्रनगरमा पक्राउ गरेको छ।

अख्तियार सुर्खेतका सूचना अधिकारी धर्म बुढाका अनुसार कार्की सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। बुढाले घटनाबारे थप विवरण आयोगको केन्द्रीय कार्यालयमार्फत सार्वजनिक हुने जानकारी दिएका छन्।

हाल कार्कीमाथि आवश्यक अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्