Trending
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |    
समाचार

दैलेखका वरिष्ठ लेखा अधिकृत घुससहित पक्राउ

३ आश्विन २०८२, शुक्रबार २१:०१

सुर्खेत। दैलेखको डुंगेश्वर गाउँपालिकाका सातौँ तहका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीलाई एक लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार राति वीरेन्द्रनगरमा पक्राउ गरेको छ।

अख्तियार सुर्खेतका सूचना अधिकारी धर्म बुढाका अनुसार कार्की सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन्। बुढाले घटनाबारे थप विवरण आयोगको केन्द्रीय कार्यालयमार्फत सार्वजनिक हुने जानकारी दिएका छन्।

हाल कार्कीमाथि आवश्यक अनुसन्धान जारी रहेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्