Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
खेलकुद

पोखरामा खुला पर्वतीय दौड हुने

३ आश्विन २०८२, शुक्रबार २१:४७

कास्की। विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) आगामी असोज ११ गते देशको पर्यटकीय राजधानी पोखरामा खुला पर्वतीय दौड आयोजना गरिने भएको छ।

पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार तथा प्रवर्द्धनका लागि आयोजित दौड पोखरा-२२ विश्वशान्ति स्तूपबाट सुरु हुने जनाइएको छ।

सो दौड पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर समापन हुने आयोजक पोखरा क्लिकका अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले बताए।

उनका अनुसार प्रतियोगिताका लागि मधेस प्रदेशबाहेक अन्य ६ प्रदेशका एक सय खेलाडीहरूले नाम दर्ता गराएका छन्। प्रतियोगितामा भाग लिन नेपालसहित बेलायती नागरिकलेसमेत नाम दर्ता गराएका छन्। बरालका अनुसार प्रतियोगितामा दुई सयदेखि २५० जनासम्म खेलाडीहरु सहभागी गराउने लक्ष्य छ।

प्रतियोगिताअन्तर्गत आठ किलोमिटर पर्वतीय दौड खुला, वडास्तरीय, महिला, यू–१६ र पर्यटन तथा ४० वर्ष माथिका भेट्रानतर्फको प्रोत्साहन गरी ६ वटा इभेन्ट समावेश गरिएको छ। प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले नगद ५० हजार रूपैयाँ प्राप्त गर्नेछन्। यसै गरी द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान प्राप्तलाई क्रमश ३० हजार, १५ हजार, सात हजार र तीन हजार रूपैयाँ पुरस्कार पाउने अध्यक्ष बरालले जानकारी दिए।

यसै गरी वडास्तरीय, खुला महिला र यू-१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सात हजारसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ। प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको छ।

भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रूपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने छ। नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्द्धन रहेको प्रतियोगिता सफल पार्न विश्व शान्ति स्तुप समिति, पुम्दीकोट विकास समिति, कालाबाङ घरेडी बुद्धपार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयलगायतले सहयोग गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्