Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

‘जेनजी’ पुस्तालाई प्रगतिशील रूपमा सङ्गठित गर्नुपर्ने आवश्यकता छ : मुख्यमन्त्री कँडेल

४ आश्विन २०८२, शनिबार १८:३५

कर्णाली। कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य यामलाल कँडेलले ‘जेनजी’ पुस्तालाई प्रगतिशील रूपमा सङ्गठित गर्नुपर्ने आवश्यकता औंँल्याएका छन् ।

राष्ट्रिय युवा सङ्घ नेपाल तथा अनेरास्ववियुसँग आज यहाँ सुर्खेतमा भएको अन्तरक्रियामा उनले युवा र विद्यार्थी सङ्गठन मिलेर समाजलाई सकारात्मक दिशामा लैजान आह्वान गरेका छन् ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो,“अब हामी निर्माण गर्ने पुस्ता हौं, दर्शक बन्ने होइनौँ भन्ने सन्देश दिन लागौँ । भ्रष्टाचारविरुद्ध आवाज उठाउने, राष्ट्रको पक्षमा बोल्ने र समाजलाई अनुशासित बनाउने जिम्मेवारी युवामाथि छ । गुटबन्दी, विभाजन र स्वार्थी राजनीतिले पार्टी मात्र नभइ राष्ट्रसमेत कमजोर हुने हुँदा सचेत बनौँ ।”

उनले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने अडानकै कारण पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकार समस्यामा परेको बताए।

प्रतिक्रिया दिनुहोस्