Trending
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |    
समाचार

आजका लागि विदेशी मुद्राको विनिमय दर

६ आश्विन २०८२, सोमबार ०७:५३

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।

युरोपियन यूरो एकको खरिददर १६५ रुपैयाँ २० पैसा र बिक्रीदर १६५ रुपैयाँ ९१ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा , क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १९ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५९  पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५ रुपैयाँ ०१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १३ पैसा र बिक्रीदर २२ रुपैयाँ २३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८ रुपैयाँ १७ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ र बिक्रीदर ३७४ रुपैयाँ ५९ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ ३० पैसा र विक्रीदर ३६६ रुपैयाँ ८५ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्