Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

दिल्लीमा पक्राउ परेका ढोरपाटनका मेयरलाई काठमाडौं ल्याइयो

१३ आश्विन २०८१, आईतवार ०९:४७

१३ असोज,काठमाडौँ। सहकारी ठगीको आरोप लागेपछि फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेपालीलाई शनिबार नेपाल ल्याएको हो ।उनीसँगै सोही सहकारी ठगीमा संलग्न ओमप्रसाद दर्जीलाई पनि काठमाडौं ल्याइएको छ । उनीहरु दुबै जना सहकारी ठगीको कसुरमा फरार थिए । नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएकामा १० माघ २०८० मा रेड नोटिस जारी भएको थियो ।

नेपालीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।उनीहरूविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए ।

उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा सङ्गठित ठगीको मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध अदालतले गत जेठमै पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्