Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

दिल्लीमा पक्राउ परेका ढोरपाटनका मेयरलाई काठमाडौं ल्याइयो

१३ आश्विन २०८१, आईतवार ०९:४७

१३ असोज,काठमाडौँ। सहकारी ठगीको आरोप लागेपछि फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेपालीलाई शनिबार नेपाल ल्याएको हो ।उनीसँगै सोही सहकारी ठगीमा संलग्न ओमप्रसाद दर्जीलाई पनि काठमाडौं ल्याइएको छ । उनीहरु दुबै जना सहकारी ठगीको कसुरमा फरार थिए । नेपालीविरुद्ध २४ जेठ २०८० मा पक्राउ पुर्जी जारी भएकामा १० माघ २०८० मा रेड नोटिस जारी भएको थियो ।

नेपालीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।उनीहरूविरुद्ध १ हजार ५ सय ५० जना सर्वसाधारणले प्रहरीमा जाहेरी दिएका थिए ।

उक्त जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा सङ्गठित ठगीको मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध अदालतले गत जेठमै पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्