Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

आर्सनल र सिटीले बराबरी खेले

६ आश्विन २०८२, सोमबार ०८:०७

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल र म्यान्चेस्टर सिटीले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टोलिले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । आर्सनलको घरेलु मैदान इमिरेट्समा खेलको नवौं मिनेटमा नै सिटीले अग्रता लिएको थियो । एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका हुन् ।

खेलमा निकै पकड जमाएको आर्सनलले बराबरी गोल भने अन्तिम समयमा फर्काएको थियो । इन्जुरी समयमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनलको हार टारेका हुन् ।

यो नतिजापछि आर्सनल ५ खेलबाट १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने सिटी ७ अंकका साथ नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्