Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
खेलकुद

आर्सनल र सिटीले बराबरी खेले

६ आश्विन २०८२, सोमबार ०८:०७

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल र म्यान्चेस्टर सिटीले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टोलिले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । आर्सनलको घरेलु मैदान इमिरेट्समा खेलको नवौं मिनेटमा नै सिटीले अग्रता लिएको थियो । एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका हुन् ।

खेलमा निकै पकड जमाएको आर्सनलले बराबरी गोल भने अन्तिम समयमा फर्काएको थियो । इन्जुरी समयमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनलको हार टारेका हुन् ।

यो नतिजापछि आर्सनल ५ खेलबाट १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने सिटी ७ अंकका साथ नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्