Trending
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |    
समाचार

मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालनमा

६ आश्विन २०८२, सोमबार ०८:१३

चितवन। लगातारको पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको छ।

इच्छाकामना गाउँपालिका- ६ स्थित तुइन खोलामा पहिरो खस्ने क्रम नरोकेपछि आइतबार राति ९ बजेदेखि सोमबार बिहान ५ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरिएको थियो।

त्यसअघि शुक्रबार साँझदेखि नै सडक अवरुद्ध बनेको भए पनि आइतबार दिउँसो अबेर एकतर्फी सञ्चालनमा ल्याइएको थियो। सोमबार राति ८ बजे पुनः पहिरो खसेपछि रातभर सफाइ कार्य गरेर बिहान यातायात सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।

प्रहरीका अनुसार सडक खण्डमा सवारीसाधनको चाप बढी भएकाले चालकहरूलाई आफ्नो लेनमै सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ। दुई दिनदेखि बाटोमै अलपत्र परेका यात्रु अहिले गन्तव्यतर्फ लाग्न थालेका छन्।

मुग्लिन-नारायणगढ सडकमार्गमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन गुड्ने गर्दछन्। सडक दुईतर्फी सञ्चालन नहुँदासम्म यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्