Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
खेलकुद

भारतको पाकिस्तानमाथि सहज जीत

६ आश्विन २०८२, सोमबार ०८:१९

काठमाडौँ। एशिया कप अन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानलाई सहज पराजित गरेको छ।

पहिले ब्याटिङ गर्दै पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले ७ बल बाँकी रहँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। यससँगै भारतले ६ विकेटको प्रभावशाली जित हात पार्दै पाकिस्तानविरुद्धको आफ्नो प्रभुत्व कायम राखेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन जोड्यो। उसका लागि ओपनर साहिबजादा फरहानले सर्वाधिक ५८ रन बनाए भने मोहम्मद नवाजले २१, फहीम अशरफले २०, साइम अय्युबले २१, फखर जमनले १५, हुसेन तलातले १० र कप्तान सलमान आघाले १७ रनको योगदान गरे। भारतका लागि शिवम दुबेले २ विकेट लिँदा कुलदीप यादव र हार्दिक पाण्ड्याले समान १–१ विकेट लिए।

१७२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले १८.५ ओभरमै खेल समाप्त गर्‍यो। भारतका लागि अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्कासहित ७४ रनको धमाकेदार इनिङ खेले भने शुभमन गिलले ४७ रन बनाए। यी दुईबीच पहिलो विकेटका लागि १०५ रनको साझेदारी भएको थियो। साथै, तिलक वर्माले ३० रनको नटआउट इनिङ खेले भने सञ्जु स्यामसनले १३ रन जोडे।

पाकिस्तानका लागि हरिस रउफले २ विकेट लिँदा अब्रार अहमद र फहीम अशरफले १–१ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्