Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

भारतको पाकिस्तानमाथि सहज जीत

६ आश्विन २०८२, सोमबार ०८:१९

काठमाडौँ। एशिया कप अन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानलाई सहज पराजित गरेको छ।

पहिले ब्याटिङ गर्दै पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले ७ बल बाँकी रहँदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। यससँगै भारतले ६ विकेटको प्रभावशाली जित हात पार्दै पाकिस्तानविरुद्धको आफ्नो प्रभुत्व कायम राखेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन जोड्यो। उसका लागि ओपनर साहिबजादा फरहानले सर्वाधिक ५८ रन बनाए भने मोहम्मद नवाजले २१, फहीम अशरफले २०, साइम अय्युबले २१, फखर जमनले १५, हुसेन तलातले १० र कप्तान सलमान आघाले १७ रनको योगदान गरे। भारतका लागि शिवम दुबेले २ विकेट लिँदा कुलदीप यादव र हार्दिक पाण्ड्याले समान १–१ विकेट लिए।

१७२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको भारतले १८.५ ओभरमै खेल समाप्त गर्‍यो। भारतका लागि अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्कासहित ७४ रनको धमाकेदार इनिङ खेले भने शुभमन गिलले ४७ रन बनाए। यी दुईबीच पहिलो विकेटका लागि १०५ रनको साझेदारी भएको थियो। साथै, तिलक वर्माले ३० रनको नटआउट इनिङ खेले भने सञ्जु स्यामसनले १३ रन जोडे।

पाकिस्तानका लागि हरिस रउफले २ विकेट लिँदा अब्रार अहमद र फहीम अशरफले १–१ विकेट हात पारे।

प्रतिक्रिया दिनुहोस्