Trending
पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु     |     एपीएफ, आर्मी र न्यु डायमन्डको विजयी सुरुआत     |     डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता     |     सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे     |     रेशम चौधरीको उम्मेदवारी खारेज     |     गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक     |     बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा     |     एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित     |     नेपाल नेदरल्याण्ड्ससँग पराजित     |     सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?     |    
विज्ञान र प्रविधि

अब आँखाले इशारा गरेकै भरमा आईफोन चलाउन सकिने

१५ जेष्ठ २०८१, मंगलवार ०३:४७

विश्वचर्चित कम्पनी एप्पलले अर्को महिना वर्ल्ड वाइड डेभलपर्स कन्फ्रेन्स (डब्लूडब्लूडीसी) गर्दैछ । अन्तराष्ट्रिय समाचार स्रोतका अनुसार एप्पलले निम्नानुसारका फिचरहरु थप गर्दैछ ।

नयाँ अपडेटसँगै अब आईफोन आँखाको भरमा नै प्रयोग गर्न सकिने छ । कम्पनीका अनुसार प्रयोगकर्ताले आफ्नो आईफोन र आईप्याड आँखाको चालको आधारमा प्रयोग गर्न सक्नेछन् ।

अर्थात् अब कुनै एप ओपन गर्ने, स्क्रिन स्क्रोल गर्न, स्वाइप गर्ने लगायतका काम आँखाबाटै गर्न सकिनेछ । यो फिचरका लागि कम्पनीले एआई टुल प्रयोग गर्ने बताइएको छ ।

त्यस्तै कम्पनीले दृष्टिविहीन प्रयोगकर्तालाई ध्यानमा राख्दै आफ्नो ब्रेल फिचरमा केही नयाँ फिचर थप गर्ने भएको छ ।

नयाँ अपडेटसँगै मल्टि लाइन ब्रेलसँगै इन्पुट र आउटपुट टेबलहरू छनोट गर्न सकिने फिचर उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्