Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

अब आँखाले इशारा गरेकै भरमा आईफोन चलाउन सकिने

१५ जेष्ठ २०८१, मंगलवार ०३:४७

विश्वचर्चित कम्पनी एप्पलले अर्को महिना वर्ल्ड वाइड डेभलपर्स कन्फ्रेन्स (डब्लूडब्लूडीसी) गर्दैछ । अन्तराष्ट्रिय समाचार स्रोतका अनुसार एप्पलले निम्नानुसारका फिचरहरु थप गर्दैछ ।

नयाँ अपडेटसँगै अब आईफोन आँखाको भरमा नै प्रयोग गर्न सकिने छ । कम्पनीका अनुसार प्रयोगकर्ताले आफ्नो आईफोन र आईप्याड आँखाको चालको आधारमा प्रयोग गर्न सक्नेछन् ।

अर्थात् अब कुनै एप ओपन गर्ने, स्क्रिन स्क्रोल गर्न, स्वाइप गर्ने लगायतका काम आँखाबाटै गर्न सकिनेछ । यो फिचरका लागि कम्पनीले एआई टुल प्रयोग गर्ने बताइएको छ ।

त्यस्तै कम्पनीले दृष्टिविहीन प्रयोगकर्तालाई ध्यानमा राख्दै आफ्नो ब्रेल फिचरमा केही नयाँ फिचर थप गर्ने भएको छ ।

नयाँ अपडेटसँगै मल्टि लाइन ब्रेलसँगै इन्पुट र आउटपुट टेबलहरू छनोट गर्न सकिने फिचर उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्