Trending
बिलबिजकबिनाका २७ कवाडी ट्रक नियन्त्रणमा, राजस्व अनुसन्धान विभागद्वारा छानबिन     |     २७ कवाडी ट्रक नियन्त्रणमा : रोशन चौधरी–बिमल बोहोरा समूहमाथि उठेका अवैध असुलीका आरोपको अनुसन्धान तीव्र     |     सिआइबीको कारण प्रहरी प्रशासनलाई असर     |     सांस्कृतिक सम्पदाका समर्पित शिल्पी: गणेश कुमार (साजवा) प्रजापतिको प्रेरणादायी यात्रा     |     सुनुवार राष्ट्रसेवक समाजको स्मारिका विमोचन     |     सामाजिक सुरक्षा र सञ्चयकोषमा आबद्ध हुने सेवाग्राहीलाई विशेष छुट     |     उपाध्यक्ष पौडेलको बन्दीप्रत्यक्षीकरणको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश     |     कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत     |     सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा     |     देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन     |    
समाचार

विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न अध्यक्ष दाहालको आह्वान

१३ आश्विन २०८१, आईतवार ०९:५२

१३ असोज,काठमाडौँ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनयताको अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएकाले विपद् प्रतिकार्यमा एकजुट भएर लाग्न आह्वान गरेका छन्।

अध्यक्ष दाहालले आज प्रेस वक्तव्य जारी गर्दै अहिले पनि ठूलो सङ्ख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी, घाइतेको उपचार र घरबारविहीन भएकालाई सुरक्षित गर्दै पुनःस्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य भएको बताएका छन्।

तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेको निःशुल्क उपचार र विस्थापितलाई पुनःस्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै प्रमुख प्रतिपक्षी दलका नेता दाहालले भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि तत्काल पहलकदमी लिन नसक्नु दुःखद भएको बताए।

अध्यक्ष दाहालले बाढीपहिराका कारण अवरुद्ध भएका राजमार्गसहित सडक, सञ्चार र विद्युत्लगायत अत्यावश्यक सेवा यथाशीघ्र पुनःसञ्चालनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए।

पूर्वप्रधानमन्त्री दाहालले दसैं, तिहारजस्ता ठूला पर्व नजिकिएकाले युद्धस्तरमा पुनःनिर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।

विपद् प्रतिकार्यमा अनवरत खटिइरहेका आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै अध्यक्ष दाहालले बेपत्ता नगारिकको खोजी, बिस्थापितको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणलगायत कार्यमा निरन्तर लाग्न निर्देशन दिए।

बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गर्दै अध्यक्ष दाहालले राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्