Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
खेलकुद

नेपाली क्रिकेट टोली यूएई प्रस्थान

६ आश्विन २०८२, सोमबार २१:३९

काठमाडौं। वेस्ट इन्डिजसँगको युनिटी कप टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बेलुकी यूएई प्रस्थान गरेको छ।

नेपाली टोली बेलुकी ७:२५ बजे फ्लाइ दुबईमार्फत प्रस्थान गरेको हो। त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीहरूले टोलीलाई बिदाइ गरेका थिए।

यसअघि गत बिहीबार औपचारिक बिदाइ भए पनि भिसा प्रक्रियामा ढिलाइ भएपछि नेपाली टोली आज मात्र उडेको हो। खेलाडीहरूले आइतबार भिसा प्राप्त गरेका थिए।

सिरिजको पहिलो खेल सेप्टेम्बर २७ मा हुनेछ भने दोस्रो खेल २९ र तेस्रो खेल ३० मा हुने तालिका छ। यसपछि नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

यस सिरिजलाई नेपालले आगामी छनोटका लागि अन्तिम तयारीको रूपमा लिएको छ। अष्ट्रेलियामा खेलेको अनुभव बोकेर नेपालले वेस्ट इन्डिजविरुद्ध बलियो प्रदर्शन गर्ने लक्ष्य लिएको छ।

नेपालको टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।

प्रतिक्रिया दिनुहोस्