Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
समाचार

तुइनखोलामा फेरि पहिरो

७ आश्विन २०८२, मंगलवार १८:३८

काठमाडौँ। मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै फेरि ठूलो खसेको छ।

पहिरो साँझ ५ बजे आसपास खसेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भएको र सडक खुलाउन कति समय लाग्छ भन्ने सक्ने अवस्था नरहेको कार्यालयले जनाएको छ।

त्यस्तै कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न पनि यात्रुहरूलाई अनुरोध गरेको छ। दिउँसो १ बजेदेखि दुवैतर्फ बन्द भएको सडक केहीबेर सञ्चालनमा आएको थियो। तर फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

यसअघि, गत शुक्रबार साँझ खसेको पहिरोका कारण सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो। त्यसको झन्डै ४५ घण्टापछि सडक एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको थियो।

तर, माथिबाट निरन्तर खसिरहेको सुक्खा पहिरोका कारण सडक आवागमन सहज हुन सकेको छैन। सडकमा दसैँका लागि घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्।

प्रतिक्रिया दिनुहोस्