Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

तुइनखोलामा फेरि पहिरो

७ आश्विन २०८२, मंगलवार १८:३८

काठमाडौँ। मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै फेरि ठूलो खसेको छ।

पहिरो साँझ ५ बजे आसपास खसेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भएको र सडक खुलाउन कति समय लाग्छ भन्ने सक्ने अवस्था नरहेको कार्यालयले जनाएको छ।

त्यस्तै कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न पनि यात्रुहरूलाई अनुरोध गरेको छ। दिउँसो १ बजेदेखि दुवैतर्फ बन्द भएको सडक केहीबेर सञ्चालनमा आएको थियो। तर फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

यसअघि, गत शुक्रबार साँझ खसेको पहिरोका कारण सवारी आवागमन दुवैतर्फ अवरुद्ध भएको थियो। त्यसको झन्डै ४५ घण्टापछि सडक एकतर्फीरूपमा सञ्चालनमा ल्याइएको थियो।

तर, माथिबाट निरन्तर खसिरहेको सुक्खा पहिरोका कारण सडक आवागमन सहज हुन सकेको छैन। सडकमा दसैँका लागि घर हिँडेका यात्रुहरू अलपत्र परेका छन्।

प्रतिक्रिया दिनुहोस्