Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
समाचार

लुटिएका सामान फिर्ता गर्न कर्णाली प्रदेश सरकारको अपिल

७ आश्विन २०८२, मंगलवार १८:५९

सुर्खेत। कर्णाली प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा आफ्ना कार्यालय र कर्मचारी आवासहरूबाट चोरी र लुटपाट भएका सामग्री इमानदारीपूर्वक फिर्ता गर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सार्वजनिक गरेको सूचनामा भदौ २३ र २४ गतेको आन्दोलनमा प्रदेशसभा, लेखा नियन्त्रक कार्यालयसहित विभिन्न मन्त्रालय, आयोग, निर्देशनालय, कार्यालय तथा आवासहरूमा तोडफोड, आगजनी र लुटपाट भएको उल्लेख छ ।

प्रदेश सभा र लेखा नियन्त्रक कार्यालय जलेर ध्वस्त भएका छन् भने अन्य कार्यालयका जिन्सी सामग्री चोरी भएका छन् । कार्यालयका अनुसार घटनाका भिडियो र सिसिटिभी फुटेज सुरक्षित रहेका छन् र थप पहिचानको प्रक्रिया अघि बढाइँदै छ ।

यदि कसैले सामग्री लिएको भए नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित कार्यालयमा इमानदारीपूर्वक बुझाइदिन सरकारको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्