Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

लुटिएका सामान फिर्ता गर्न कर्णाली प्रदेश सरकारको अपिल

७ आश्विन २०८२, मंगलवार १८:५९

सुर्खेत। कर्णाली प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा आफ्ना कार्यालय र कर्मचारी आवासहरूबाट चोरी र लुटपाट भएका सामग्री इमानदारीपूर्वक फिर्ता गर्न सर्वसाधारणसँग आग्रह गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार सार्वजनिक गरेको सूचनामा भदौ २३ र २४ गतेको आन्दोलनमा प्रदेशसभा, लेखा नियन्त्रक कार्यालयसहित विभिन्न मन्त्रालय, आयोग, निर्देशनालय, कार्यालय तथा आवासहरूमा तोडफोड, आगजनी र लुटपाट भएको उल्लेख छ ।

प्रदेश सभा र लेखा नियन्त्रक कार्यालय जलेर ध्वस्त भएका छन् भने अन्य कार्यालयका जिन्सी सामग्री चोरी भएका छन् । कार्यालयका अनुसार घटनाका भिडियो र सिसिटिभी फुटेज सुरक्षित रहेका छन् र थप पहिचानको प्रक्रिया अघि बढाइँदै छ ।

यदि कसैले सामग्री लिएको भए नजिकैको प्रहरी कार्यालय वा सम्बन्धित कार्यालयमा इमानदारीपूर्वक बुझाइदिन सरकारको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्