Trending
लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |    
समाचार

कर्णाली प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

८ आश्विन २०८२, बुधबार २३:४६

काठमाडौँ। प्रदेशको पछिल्लो शान्ति सुरक्षालगायत विषयलाई लिएर बसेको ‘कर्णाली प्रदेश सुरक्षा समन्वय समिति’को बैठक सम्पन्न भएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज बसेको उक्त बैठकमा शान्ति सुरक्षालगायत समग्र अवस्थाबारे छलफल र समीक्षा गरिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सूर्यमणि गौतमले जानकारी दिए।

उनका अनुसार बैठकले मुलुकको पछिल्लो परिस्थिति एवं नजिकिँदै गरेको विजयादशमी, दिपावली, छठ पर्वमा यात्रु आवागमनलाई सहज बनाउनतर्फ विशेष सरोकार राख्ने निर्णय भएको छ ।

त्यस्तै, कानुनविपरीत हुनसक्ने आपराधिक घटनालाई नियन्त्रण गर्न सम्बद्ध सुरक्षा निकायसहित सबैले आआफ्नो ठाउँबाट योगदान, समन्वय र सहजीकरण गर्न आह्वान गर्दै शान्तिसुरक्षा कायम गर्ने निर्णय भएको जनाइएको छ ।

बैठकमा प्रमुख सचिव वीरेन्द्रकुमार यादव, उत्तरपश्चिम पृतनापति दिपेशजङ्ग शाह, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी महेश्वरी बाहिनीका कामु बाहिनीपति विनोदराज श्रेष्ठलगायत प्रदेश तहका सबै सुरक्षा प्रमुखको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्