Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
समाचार

जुम्लाका तीन पत्रकार पुरस्कृत

८ आश्विन २०८२, बुधबार २३:५५

जुम्ला। नेपाल पत्रकार महासंघ जुम्ला शाखाले पत्रकारितामा योगदान पुर्‍याउँदै आएका तीन जना पत्रकारलाई विशेष पुरस्कारद्वारा सम्मान गरेको छ।

पुरस्कृत हुनेमा लक्ष्मी न्यौपाने (रेडियो नारी आवाज), कालीबहादुर परियार (दूबो खबर) र विजय रावत (कर्णाली सवाल) छन्।

महासंघका अनुसार न्यौपानेलाई गौरी पदम स्मृति, परियारलाई युवा तथा खेलकुद र रावतलाई कृषि तथा पर्यटन विधामा पुरस्कृत गरिएको हो।

अध्यक्ष पूर्णप्रसाद चौलागाईंले पुरस्कार वितरणले जिल्लामा पत्रकारिताको व्यावसायिकता प्रवर्द्धन गर्नुका साथै पत्रकारलाई अझ हौसला दिने विश्वास व्यक्त गरे।

पुरस्कार स्वरूप तीनै जना पत्रकारलाई १०–१० हजार रुपैयाँ नगद, कदरपत्र र दोसल्ला प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्