Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

जुम्लाका तीन पत्रकार पुरस्कृत

८ आश्विन २०८२, बुधबार २३:५५

जुम्ला। नेपाल पत्रकार महासंघ जुम्ला शाखाले पत्रकारितामा योगदान पुर्‍याउँदै आएका तीन जना पत्रकारलाई विशेष पुरस्कारद्वारा सम्मान गरेको छ।

पुरस्कृत हुनेमा लक्ष्मी न्यौपाने (रेडियो नारी आवाज), कालीबहादुर परियार (दूबो खबर) र विजय रावत (कर्णाली सवाल) छन्।

महासंघका अनुसार न्यौपानेलाई गौरी पदम स्मृति, परियारलाई युवा तथा खेलकुद र रावतलाई कृषि तथा पर्यटन विधामा पुरस्कृत गरिएको हो।

अध्यक्ष पूर्णप्रसाद चौलागाईंले पुरस्कार वितरणले जिल्लामा पत्रकारिताको व्यावसायिकता प्रवर्द्धन गर्नुका साथै पत्रकारलाई अझ हौसला दिने विश्वास व्यक्त गरे।

पुरस्कार स्वरूप तीनै जना पत्रकारलाई १०–१० हजार रुपैयाँ नगद, कदरपत्र र दोसल्ला प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्