Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

२५ घण्टापछि खुल्यो कोशी पुल

१३ आश्विन २०८१, आईतवार १३:०२

१३ असोज,काठमाडौँ।करिब २५ घण्टापछि कोशी पुल खुला भएको छ । पानीको बहाव घटेपछि आवतजावत खुला गरिएको हो ।

 कोसी ब्यारेजको पुलमा आइतबार साँझ साढे ५ बजेबाट आवागमन खुला गरिएको छ । पानीको बहाव घटेको र पुलमा रहेको फोहोर सफा गरिएपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए ।

खतराको सबै संकेत पार गरिसकेको कोशी नदीमा पछिल्लो समय पानीको बहाव घटेको छ । आइतबार बिहानसम्म साढे ६ लाख क्युसेकभन्दा धेरै बहाव मापन भएको कोशीमा दिउँसो २ बजेपछि तीन लाख ९८ हजार ३७० क्युसेक मापन भएको कोशी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्