Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कैलाश यात्राबाट फर्किँदा जलेको घर देखेर भावुक भए डा. खड्का

९ आश्विन २०८२, बिहीबार १७:४९

सुर्खेत। जेनजी आन्दोलनले हिंसात्मक रूप लिँदा वीरेन्द्रनगर–७, इत्रामस्थित कर्णाली प्रदेश अस्पतालका पूर्वनिर्देशक डा. डम्बर खड्काको घर जलेर खरानी भएको छ ।

आन्दोलनकारीले कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको परिवारलाई निसाना बनाउँदै डा. डम्बर र उनका दाइ विष्णु खड्काको घरमा आक्रमण गरेका थिए ।

कैलाश मानसरोवर यात्राबाट फर्किएपछि जलेको घर देख्दा डा. खड्का भावुक बने । उनले भने, “जन्मथलोमा सेवा गर्नु नै अभिशाप भयो, राज्यले हाम्रो जनधनको रक्षा गर्न सकेन।”

उनले आफ्नो ४० वर्षको जागिरे जीवनको सम्पूर्ण कमाइ, लाखौँको पुस्तक संग्रह, छोराको मेडलदेखि आमाको चिनो पियानोसमेत खरानी भएको बताए । पत्नी वियोगबाट अझै उकासिन नसकेको बेला घर जल्नु उनले ठूलो पीडा मानिरहेका छन् ।

कर्णालीमा स्वास्थ्य सेवा बलियो बनाउन जीवन अर्पण गरेका खड्काले कोभिड महामारीताका एक दिन पनि छुट्टी नलिई सेवा गरेको स्मरण गर्दै भने, “हाम्रो योगदानको मूल्य घर जलाएर चुक्ता गरियो।”

यति ठूलो क्षतिको बाबजुद पनि डा. खड्का आत्मबल कमजोर नभएको बताउँछन् । उनका शब्दमा, “हामी यहीँ बस्छौं, पुनर्निर्माण गर्छौं, जरुरी परे यो घरलाई संग्रहालय बनाउन नि:शुल्क दिन पनि तयार छौं।”

प्रतिक्रिया दिनुहोस्