Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कालीकोट देशकै ६८ औं साक्षर जिल्ला घोषणा

९ आश्विन २०८२, बिहीबार १७:५७

कालीकोट। कालीकोटलाई बिहीबार कर्णाली प्रदेशको ९ औं र देशको ६८ औं साक्षर जिल्ला घोषणा गरिएको छ।

‘साक्षरता नेपाल अभियान, हामी नेपालीको पहिचान’ नारासहित जिल्लाका ९ वटै स्थानीय तह साक्षर पालिका बनेपछि कालीकोट जिल्ला नै साक्षर घोषणा भएको हो।

जिल्ला समन्वय प्रमुख धनजित बहादुर शाहीको अध्यक्षतामा र संविधानसभा सदस्य तुलाराज विष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षक, अभिभावक र बालबालिकासहित सबै सरोकारवालाको सहभागिता रहेको थियो।

कालीकोटका ९ वटै स्थानीय तहमा १५–५९ वर्ष उमेर समूहको ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको तथ्यांकका आधारमा जिल्लालाई साक्षर घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले जानकारी दिए।

सरकारले निर्धारण गरेको साक्षरताका मापदण्डअनुसार १२ मध्ये ५० प्रतिशत पूरा भएमा जिल्ला साक्षर मानिने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्