Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
समाचार

कालीकोट देशकै ६८ औं साक्षर जिल्ला घोषणा

९ आश्विन २०८२, बिहीबार १७:५७

कालीकोट। कालीकोटलाई बिहीबार कर्णाली प्रदेशको ९ औं र देशको ६८ औं साक्षर जिल्ला घोषणा गरिएको छ।

‘साक्षरता नेपाल अभियान, हामी नेपालीको पहिचान’ नारासहित जिल्लाका ९ वटै स्थानीय तह साक्षर पालिका बनेपछि कालीकोट जिल्ला नै साक्षर घोषणा भएको हो।

जिल्ला समन्वय प्रमुख धनजित बहादुर शाहीको अध्यक्षतामा र संविधानसभा सदस्य तुलाराज विष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षक, अभिभावक र बालबालिकासहित सबै सरोकारवालाको सहभागिता रहेको थियो।

कालीकोटका ९ वटै स्थानीय तहमा १५–५९ वर्ष उमेर समूहको ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको तथ्यांकका आधारमा जिल्लालाई साक्षर घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले जानकारी दिए।

सरकारले निर्धारण गरेको साक्षरताका मापदण्डअनुसार १२ मध्ये ५० प्रतिशत पूरा भएमा जिल्ला साक्षर मानिने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्