Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

९ आश्विन २०८२, बिहीबार २३:२५

दैलेख। कर्णाली राजमार्गअन्तर्गत आज पाल्तडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

सुर्खेतदेखि कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ३ ०२–००६ प ८५६६ नम्बरको मोटरसाइकलले कर्णाली प्रदेश ०२–००१ ख ०२७५ नम्बरको ट्रकलाई ओभरट्याक गर्न खोज्दा दुर्घटना हुन गई मोटरसाइकलको पछाडि सवार कालिकोट खाडाचक्र नगरपालिका–११ का १८ वर्षका एडमन शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ओभरट्याक गर्ने क्रममा मोटरसाइकलमा सवार शाही ट्रकमा ठोक्किएर सडकमा बजारिएका थिए। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि सुर्खेततर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख गणेशबहादुर बरालले जानकारी दिए।

दाङको तुल्सीपुर उपमहानगरपालिका–१८ बस्ने ४८ वर्षीय ट्रक चालक बालाराम खड्का र कालिकोटको खाडाचक्र नगरपालिका–११ का मोटरसाइकल चालक २३ वर्षीय विपीन भारतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतकको शव पोष्टमार्टम कर्णाली प्रदेश अस्पतालमा भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्