Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
समाचार

काठमाडौँ महानगरद्वारा नाम्खा गाउँपालिकालाई एम्बुलेन्स प्रदान

९ आश्विन २०८२, बिहीबार २३:२८

हुम्ला। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले सहयोग स्वरुप एम्बुलेन्स प्रदान गरेको छ।

नाम्खा गाउँपालिका–५ स्थित मुचु स्वास्थ्य चौकीलाई काठमाडौँ महानगरपालिकाले आज सो एम्बुलेन्स हस्तान्तरण गरेको हो।

एक वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण महानगरले मङ्गलबारदेखि सुरु गरेको थियो। नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, स्वास्थ्य शाखा प्रमुख ग्याछो लामाले महानगरले प्रदान गरेको एम्बुलेन्स बुझेका हुन्। महानरगले सहयोग गरेको एम्बुलेन्सले नाम्खा गाउँपालिकाका मात्रै नभएर अन्य स्थानीय तहका बिरामीलाई सहयोग पुग्ने उपाध्यक्ष लामाले बताए।

काठमाडौँ महानगरपालिकाले देखाएको सहकार्य र सामाजिक उत्तरदायित्वको भावनाप्रति उच्च प्रशंसा व्यक्त गर्दै नाम्खा गाउँपालिकाले धन्यवादसमेत दिएको छ।

पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई महानगरले एम्बुलेन्स वितरण गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्