Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

दलहरुले निर्मम समीक्षा गर्नुपर्छः उपसभापति खड्का

९ आश्विन २०८२, बिहीबार २३:३०

कर्णाली। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब राजनीतिक दलहरुले निर्मम समीक्षा गर्नुपर्ने बताए।

जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त नेपाली कांग्रेस सुर्खेतको पार्टी कार्यालय निरीक्षणपश्चात् आज पत्रकारहरुसँग कुरा गर्दै उपसभापति खड्काले मुलुकमा उत्पन्न परिस्थिति र त्यसले उब्जाएको सङ्कटका विषयमा दलहरुले निर्मम समीक्षा गर्नुपर्ने धारणा  राखेका छन् ।

उनले भने, “सरकारले छानबिन आयोग गठन गरिसकेकाले सबै कुरा अहिले बोल्दा हतार हुन्छ । दोषीहरुलाई कारबाही गराउनतर्फ सरकार लाग्नु पर्दछ ।”

चुनावको मिति घोषणा भइसकेकाले सरकारले चुनावको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस्