Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

वेस्ट इन्डिजसँग भिड्दै नेपाल

१० आश्विन २०८२, शुक्रबार २२:१७

काठमाडौँ। नेपालले टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेल शनिबार खेल्दै छ।

संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रंगशालामा हुने खेलमा नेपालले पहिलोपटक दुईपटकको विश्वकप विजेता टोली वेस्ट इन्डिजसँग ऐतिहासिक खेल खेल्न लागेको हो।

त्यसैगरी नेपालले आफ्नो दोस्रो खेल यही असोज १३ गते खेल्ने छ भने तेस्रो खेल १४ गते खेल्नेछ। यस सिरिज खेलेर नेपाली टोली आईसीसी टी ट्वान्टी विश्वकपको एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्न ओमान जाने तालिका छ। उक्त प्रतियोगिताको तयारीस्वरूप नेपालले वेस्ट इन्डिजसँग खेल्न लागेको हो।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल र आसिफ सेख छन्। त्यसैगरी आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा र साहब आलम छन्।

अकिल होसेनको कप्तानीमा रहेको वेस्ट इन्डिज टोलीमा भने फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकिम अगस्ट, नभिन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे र जेसन होल्डर छन्। त्यस्तै अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिंगरजस्ता खेलाडी छन्।

प्रतिक्रिया दिनुहोस्